शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्रसर उद्योग संचालनमा देखिएको समस्या छिट्टै समाधान हुन्छः मन्त्री पाण्डे

बिहीबार, ०५ माघ २०७९, १३ : ०६
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिएका छन् । निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीवार बिहानको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताए ।  

गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले बताए । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गरे । 
 महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको अवरोधका कारण निर्माण कार्य प्रायः ठप्प भएको जानकारी गराए ।  निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुशी लागेको अध्यक्ष सिंहले बताए ।  पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्टयाएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए । 

सोही अवसरमा अध्यक्ष सिंहले मन्त्री पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।  महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी पनि रहेका थिए ।        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप