नेत्रको ‘पातालपुञ्ज’बारे परिचर्चा
काठमाडौँ । कवि बन्धु पोख्रेल (नेत्र)को कृति ‘पातालपुञ्ज’ कविता सङ्ग्रहबारे साहित्यिक पत्रकार सङ्घले बुधबार परिचर्चा गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित सो कार्यक्रममा समालोचकद्वय डा. रमेश शुभेच्छुक र डा. शान्तिमाया गिरीले सो कृतिका बारेमा आआफ्नो मतव्य राखेका थिए ।
समसामयिक विषयमा कविता सिर्जनामा समर्पित कवि बन्धु पोख्रेल (नेत्र)का कविताहरूमा युगीन चेतना, मानवीय सन्देश, डायस्पोरिक अभिव्यक्ति, व्यङ्ग्य, प्रकृति, शृङ्गारिक पक्षमा विशेष कलम चलेको कार्यक्रमका वक्ताहरूले बताए ।
बन्धु अमेरिकाको टेक्सस, अस्टिनमा बस्दै आएका सामाजिक अभियन्ता पनि हुन् ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रमोद प्रधान थिए । कार्यक्रमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी निवर्तमान उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलगायतले मतव्य राखेका थिए ।
साहित्यकार मुरारि सिग्देलद्वारा सञ्चालित सो कार्यक्रममा साहित्यकारहरु किशोर विश्वकर्मा (अस्टिन, अमेरिका), डा. मनोजकुमार थापा, डा. ध्रुव भट्टराई, नीरु श्रेष्ठ, निर्मलरमण पराजुली, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ सागर, नवीना सिटौला, जस्मिन पाण्डे, ईश्वरी पौडेललगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण