छातीमा मुड्की हानेर भए पनि ईश्वरी न्यौपानेलाई समर्थन गर्छौं : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्ने भएको छ । सो पार्टीका एकमात्र सांसद चित्रबहादुर केसीले बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै अहिले पनि प्रतिगमन नसच्चिएको बताउँदै न्यौपानेको पक्षमा मतदान गर्ने बताए ।
उनले नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको पनि बताए । उनले पहिला भन्दा यसपटको संसद र सरकार बनेको प्रक्रियाले झन अप्ठेरो अवस्थामा पुगेको भन्दै लोकतन्त्र हुन नसकेको बताए । ‘निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौ, बेकम्मा भयौं, गणतन्त्रका लागि लडेका, पञ्चायतविरोधी लडेका हामी निकम्मा भयौ भनेर हल्ला चलेको थियो र नयाँ आउनुपर्छ भनिएको थियो । तर नयाँको स्थिति पनि देखियो’, उनले भने, ‘राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्च्यिो भन्ने पक्षमा छैन ।’ उनले कांग्रेस किन प्रतिपक्षमा बस्न सकेन भन्दै प्रश्न समेत गरे । ‘तर जे भएपनि छातीमा मुड्की हानेर भए पनि इश्वरी न्यौपानेलाई सभामुखमा समर्थन गर्छ’, केसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण