सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

छातीमा मुड्की हानेर भए पनि ईश्वरी न्यौपानेलाई समर्थन गर्छौं : चित्रबहादुर केसी

बिहीबार, ०५ माघ २०७९, १४ : २०
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्ने भएको छ ।  सो पार्टीका एकमात्र सांसद चित्रबहादुर केसीले बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै अहिले पनि प्रतिगमन नसच्चिएको बताउँदै न्यौपानेको पक्षमा मतदान गर्ने बताए । 

उनले नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको पनि बताए । उनले पहिला भन्दा यसपटको संसद र सरकार बनेको प्रक्रियाले झन अप्ठेरो अवस्थामा पुगेको भन्दै लोकतन्त्र हुन नसकेको बताए । ‘निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौ, बेकम्मा भयौं, गणतन्त्रका लागि लडेका, पञ्चायतविरोधी लडेका हामी निकम्मा भयौ भनेर हल्ला चलेको थियो र नयाँ आउनुपर्छ भनिएको थियो । तर नयाँको स्थिति पनि देखियो’, उनले भने, ‘राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्च्यिो भन्ने पक्षमा छैन ।’ उनले कांग्रेस किन प्रतिपक्षमा बस्न सकेन भन्दै प्रश्न समेत गरे । ‘तर जे भएपनि छातीमा मुड्की हानेर भए पनि इश्वरी न्यौपानेलाई सभामुखमा समर्थन गर्छ’, केसीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप