बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रतिनिधिसभाको नवौं सभामुखका रुपमा घिमिरे निर्वाचित

बिहीबार, ०५ माघ २०७९, १५ : ०१
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे । 

सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए । 

घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् । यसअघि कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा सभामुख निर्वाचित भैसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप