शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धनी साथीहरूको सङ्गतले बनाउँछ धनी, शोधमा खुलासा

बिहीबार, ०५ माघ २०७९, १६ : २५
बिहीबार, ०५ माघ २०७९

अघिल्लो वर्ष हार्वर्ड विश्वविद्यालयको समूहले गरिबीबाट निस्कन कुन कुराले बढी मद्दत गर्छ भनेर जान्ने कोसिस गरे । यसका लागि लगभग ७ करोड २० लाख फेसबुक प्रयोगकर्ताको डाटा लिइयो । २५ देखि ४४ वर्षका यी मानिसहरूमाथि गरिएको यो अनुसन्धानमा पढाई र सपनाले जति ठुलो भूमिका निभाउँछ, त्यति नै ठुलो भूमिका साथीहरूले पनि निभाउँछ भन्ने थाहा भयो । साथी, ती पनि धनी ।

द टेलिग्राफका अनुसार कमजोर आर्थिक हैसियत भएका बालबालिका वा किशोरीहरू ७० प्रतिशत बलियो आर्थिक स्थिति भएको घर परिवारको कोलोनी वा घेरामा बस्छन् भने हुर्किएपछि उनीहरूको आम्दानी औसतमा २० प्रतिशतले वृद्धि हुन्छ । यो ठुलो कुरा हो । अध्ययन वा कामले पनि भविष्यमा यति वा त्यति प्रतिशतले आम्दानी बढ्छ भन्ने ग्यारेन्टी दिँदैन तर धनी साथीहरूको सङ्गतले  भने आम्दानी २० प्रतिशतले बढ्छ भनेर अनुसन्धानले दाबी नै गरेको छ । अनुसन्धानकर्ताले यसलाई आर्थिक सम्बन्ध भनेका छन् ।

अमेरिकामा भएको यो अनुसन्धानमा थुप्रै इलाकालाई समावेश गरिएको छ जहाँ धनी–गरिब दुवै बस्छन् तर सङ्ख्या भिन्न छन् । हामी यहाँ यस्ता दुई इलाकाको उदाहरण लिऔँ । मिनियापोलिसमा धेरैजसो जनसङ्ख्याले राम्रो पैसा कमाउँथे जबकि केही प्रतिशत मानिस गरिब परिवारका थिए । दुवै तप्काबीच मेलमिलाप थियो । यस्तै इन्डियानापोलिसमा धनी–गरिबबीच दुरी थियो र त्यहाँ कमजोर आर्थिक स्थिति भएका मानिस बढी थिए । लामो समयसम्म चलेको यो अनुसन्धानमा के पाइयो भने मिनियापोलिसका बालबालिका जब युवा भए तब उनीहरूको कमाई लगभग धनाढ्यहरूकै बराबरीमा आयो । यस्तै, इन्डियानापोलिसका बालबालिका वयस्क हुँदा पनि कमजोर आर्थिक अवस्थामा बाँचिरहेको देखिए । दुवै ठाउँमा एक समयमा गरिब परिवारको कमाईमा केही वर्षभित्र ठुलो अन्तर देखियो ।

babies1अनुसन्धानमा यो पनि देखियो कि भिन्न भिन्न आर्थिक हैसियत भएका बच्चा एउटा उमेरसम्म मात्रै एक–अर्कासँग दोस्ती गर्न सक्छन् । १५ वर्षको उमेर पछि उनीहरू एक–आपसमा मिल्न सक्दैनन् । यसलाई फ्रेन्डिङ बायस भनिन्छ । अनुसन्धानकर्ताले समाजमा आर्थिक ग्यापलाई कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यलाई ध्यानमा राखेर यो अनुसन्धान गरेका हुन् ।

धनी साथीहरूसँगको उठ–बसले तपाईँलाई कसरी धनी बनाउँछ ? यो कुरा भने रोचक छ । यसका लागि भर्चुअल डाटाभन्दा फरक अनुसन्धाताले यस्ता वयस्कलाई छाने जो नितान्त फरक आर्थिक अवस्था हुँदा पनि साथी थिए । भिन्न गतिविधिका लागि उनको मस्तिष्कको प्रतिक्रिया हेरियो ।

फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ प्रविधिमार्फत ब्रेन स्टडीमा देखे कि साथीहरू निकै छिटो एक–अर्काको रोजाइसँग जोडिन थाल्छन् । अर्थात्, यदि धनी बच्चालाई स्वस्थ खान र सफा बस्ने बानी छ भने उनीसँग बस्ने अर्को बच्चाले पनि त्यही मन पराउन थाल्छ र त्यस्तै जीवनयापनका लागि कोसिस गर्नेछ । यसै कारण यस्ता बालबालिकाले बढी मेहनत गर्छन् र युवावस्थामा ती सबै कुरा पाउने कोसिस गर्छन् जुन उनीहरुले देख्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप