महरा नेतृत्वको वार्ता टोली के गर्दैछ ?
काठमाडौँ । पुस २३ गते बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वाम एकता गर्न प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गर्यो ।
वार्ता टोलीको सदस्यमा देव गुरुङ, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा र वर्षमान पुन छन् । वार्ता टोली बने लगत्तै महराले पुस ३० गते कपिलबस्तु पुगेर विप्लवसहित उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेताहरुलाई भेटे । गृह जिल्ला रोल्पा जाने बहानामा महराले विप्लव नेतृत्वको नेकपाका नेतासँग कपिलबस्तुमा अनौपचारिक छलफल गरे ।
महराले अनौपचारिक छलफलमा एकतामा जोडिन प्रस्ताव गरेको विप्लव नेतृत्वको नेकपाका एक नेताले बताए । जवाफमा विप्लवले माओवादी केन्द्रसँगको एकतामा जाने वातावरण नबनेको प्रतिक्रिया दिएका थिए । त्यसपछि महरा दाङ हुँदै रोल्पा पुगेर माघे संक्रान्ति मनाए ।
बुधबारमात्रै महरा काठमाडौं फर्किएका छन् । वार्ता टोलीका संयोजक महरा उपत्यका बाहिर भएकाले खासै छलफल हुन नसकेको उमहासचिव एवम् वार्ता टोलीका सदस्य शक्तिबहादुर बस्नेतले बताए । ‘महराजी उपत्यका बाहिर भएकाले खासै विभिन्न वाम शक्तिका नेताहरुसँग भेटघाट हुन सकेको छैन । केही दलसँग अनौपचारिक छलफल भइरहेको छ, त्यसले मुर्त रुप लिइसकेको छैन,’ बस्नेतले भने, ‘महराजी फर्किसक्नु भएको छ । अब विभिन्न शक्तिसँग संवाद थालेर निष्कर्षमा पुग्छौं ।’
एमाले बाहेकका पार्टीलाई जोडेर नयाँ शक्ति बनाउने रणनीतिमा माओवादी लागेको छ । यत्तिकै अवस्था रहे माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न सक्ने खतरा रहेकाले पुराना माओवादीसहित अन्य वाम शक्तिलाई जोड्न महरा नेतृत्वको वार्ता टोलीले प्रयत्न जारी राखेको छ ।
एमाले बाहेकका पार्टीसँग एकता गरेर बलियो भएमा सरकार निर्माण र चुनावी मोर्चा बनाउन सहज हुने प्रचण्डको बुझाई छ । त्यसैले, महरा नेतृत्वको टोलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आमजनता पार्टी र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासँग मोर्चाबन्दी वा एकता गर्ने तयारीस्वरुप छलफल गर्ने तयारी गरेको हो ।
ती शक्तिसँग छलफल गरेर पार्टी एकता वा मोर्चाबन्दी गरेर माओवादी केन्द्र तेस्रो बलियो शक्ति हुने दाउँमा छ । त्यसो गर्दा पार्टीको नाम र चुनाव चिह्न दुवै फेर्नु परेमा त्यसका लागि समेत तयार हुने नेताहरुले बताएका छन् । ‘तत्कालीन माओवादी घटक र माधवजी, उपेन्द्रजी लगायतसँग छलफल गरेर एकता गर्न समिति बनाइयो,’ बस्नेतले भने, ‘एकता गर्नेगरी कुन कुन शक्तिसँग हुन सक्छ र बाहिरी मोर्चा कुन कुन शक्तिसँग हुन्छ, त्यसबारे वार्ता टोलीले छलफल गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण