बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यी पाँच कारण

शुक्रबार, ०६ माघ २०७९, ०९ : ३४
शुक्रबार, ०६ माघ २०७९

अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ । 

फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो । गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लाग्यो । यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । यहाँ फिल्मका पाँच किस्सा प्रस्तुत छ, जसलाई फिल्म सुपरहिट हुने आधार मानिएको छ ।

शाहरुख खानको लुक्स

फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् ।

कलाकारलाई तालिम

फिल्मका लागि बलिउड कलाकारलाई निकै कडा तालिम दिइएको थियो । फिल्मका लागि उनीहरूले हिउँमा बाइक चलाउने र कुदिरहेको रेलमाथि हिँड्ने जस्ता तालिम दिइएको थियो । उनीहरुले कडा मेहनत गरेर लिएको तालिमलाई सुटिङमा पनि त्यसरी नै पूरा गरेका थिए ।

दीपिका पादुकोणको एक्सन

फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन हेर्न पाउँछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।

प्रि–प्रोडक्सन

फिल्मको प्रि–प्रोडक्सनमा निकै समय लागेको थियो । अर्थात झन्डै दुई वर्ष निर्माण युनिटले प्री प्रोडक्सनमै समय बितायो । यसका लागि उनीहरूले विश्वभरका विभिन्न स्थानको चक्कर काटे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप