साउदी अरबको रियादमा रोनाल्डो र मेस्सीको फुटबल म्याच कस्तो रह्यो ?
क्रिस्टियानो रोनाल्डोले साउदी अरबमा आफ्नो पहिलो खेलमा दुई गोल गरेका थिए भने यो खेलमा लियोनल मेस्सीले पनि एक गोल गरेका थिए ।
तर, बिहीबार रियादमा भएको रोमाञ्चक खेलमा फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रियाद अदल स्टार इलेभेनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।
यो साउदी अरेबियाको राजधानीमा खेलिएको एक प्रदर्शनी खेल थियो, जसमा आजको मितिका दुई महान् फुटबल खेलाडीले भाग लिएका थिए ।
रियादको किङ फहद स्टेडियममा भएको यस एक्सन प्याक खेलको पहिलो हाफमा मेस्सीले पहिलो गोल गरे भने हाफ टाइममा रोनाल्डोले दुई–दुई गोल गरेका थिए ।
दुवै टोलीका लागि यो खेलको खासै महत्व नभए पनि विश्वभरका फुटबल फ्यानहरूको नजर यो खेलमा नै थियो ।
मेसी बनाम रोनाल्डो: दो दिग्गज़ों की टक्कर आज, खेलों में कैसे बढ़ रहा खाड़ी देशों का दबदबा https://t.co/gJB5wgxXVk
— BBC News Hindi (@BBCHindi) January 19, 2023
दोस्रो हाफमा दुवै टोलीले आ–आफ्नो बल प्रयोग गरेका थिए तर ७८औँ मिनेटमा पेरिस सेन्ट जर्मेन फुटबल क्लबका एकिटाइकले गरेको गोलले पाहुना टोलीलाई जित दिलायो ।
पिएसजीका कोचले भने, ‘यस भव्य स्टेडियमको वातावरण अचम्मको थियो र हामीले धेरै गोल गरेको देख्यौँ । हामीले आज साँझ राम्रो खेल खेल्यौँ, हामीलाई धेरै समर्थन पनि मिलेको छ । मैदानमा यहाँका मानिसहरूले जसरी खेलाडीहरूलाई सम्मान दिइरहेका थिए, त्यो देखेर हामीलाई निकै राम्रो लाग्यो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण