मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबको रियादमा रोनाल्डो र मेस्सीको फुटबल म्याच कस्तो रह्यो ?

शुक्रबार, ०६ माघ २०७९, ०९ : ५६
शुक्रबार, ०६ माघ २०७९

क्रिस्टियानो रोनाल्डोले साउदी अरबमा आफ्नो पहिलो खेलमा दुई गोल गरेका थिए भने यो खेलमा लियोनल मेस्सीले पनि एक गोल गरेका थिए ।

तर, बिहीबार रियादमा भएको रोमाञ्चक खेलमा फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रियाद अदल स्टार इलेभेनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

यो साउदी अरेबियाको राजधानीमा खेलिएको एक प्रदर्शनी खेल थियो, जसमा आजको मितिका दुई महान् फुटबल खेलाडीले भाग लिएका थिए ।

रियादको किङ फहद स्टेडियममा भएको यस एक्सन प्याक खेलको पहिलो हाफमा मेस्सीले पहिलो गोल गरे भने हाफ टाइममा रोनाल्डोले दुई–दुई गोल गरेका थिए ।

दुवै टोलीका लागि यो खेलको खासै महत्व नभए पनि विश्वभरका फुटबल फ्यानहरूको नजर यो खेलमा नै थियो ।

दोस्रो हाफमा दुवै टोलीले आ–आफ्नो बल प्रयोग गरेका थिए तर ७८औँ मिनेटमा पेरिस सेन्ट जर्मेन फुटबल क्लबका एकिटाइकले गरेको गोलले पाहुना टोलीलाई जित दिलायो ।

पिएसजीका कोचले भने, ‘यस भव्य स्टेडियमको वातावरण अचम्मको थियो र हामीले धेरै गोल गरेको देख्यौँ । हामीले आज साँझ राम्रो खेल खेल्यौँ, हामीलाई धेरै समर्थन पनि मिलेको छ । मैदानमा यहाँका मानिसहरूले जसरी खेलाडीहरूलाई सम्मान दिइरहेका थिए, त्यो देखेर हामीलाई निकै राम्रो लाग्यो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप