आत्मनिर्भर लघुवित्तले २ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख कित्ता प्राथमिक सेयर जारी गर्ने भएको छ । लघुवित्तले आगामी माघ १६ गतेदेखि फुगुन १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसधारणका लागि जारी पुँजीको ३२.६२५ प्रतिशत अर्थात् २ लाख ३ हजार ३८० कित्ता प्राथमिक सेयर जारी गर्ने भएको हो । कुल निष्काशित सेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ भने ३ हजार ११७ कित्ता सेयर कर्मचारी, १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका सर्वसाधारणका लागि आवेदन खुल्ला गरिनेछ ।
लघुवित्त अनुसार एकसय रुपैयाँ अंकित प्राथमिक सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म र सर्वसाधारणका लागि फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आवेदन खुल्ला रहनेछ ।
यद्यपि, सर्वसाधारण लगानीकर्ताहरुमार्फत १५ फागुनसम्म माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २५ फागुनसम्म थप हुनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । गत आर्थिक वर्ष २०७८÷७९ को अपरिस्कृत वित्तीय विरण अनुसार लघुवित्तको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा र प्रतिसेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको सञ्चित नाफा १२ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु
-
प्रगतिवादी साहित्य चिन्तन र लेनिन
-
काठमाडौँसहित विभिन्न स्थानमा सवारी दुर्घटना, ६ जनाको मृत्यु