आत्मनिर्भर लघुवित्तले २ लाख कित्ता आईपीओ जारी गर्ने
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख कित्ता प्राथमिक सेयर जारी गर्ने भएको छ । लघुवित्तले आगामी माघ १६ गतेदेखि फुगुन १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसधारणका लागि जारी पुँजीको ३२.६२५ प्रतिशत अर्थात् २ लाख ३ हजार ३८० कित्ता प्राथमिक सेयर जारी गर्ने भएको हो । कुल निष्काशित सेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ भने ३ हजार ११७ कित्ता सेयर कर्मचारी, १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका सर्वसाधारणका लागि आवेदन खुल्ला गरिनेछ ।
लघुवित्त अनुसार एकसय रुपैयाँ अंकित प्राथमिक सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म र सर्वसाधारणका लागि फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आवेदन खुल्ला रहनेछ ।
यद्यपि, सर्वसाधारण लगानीकर्ताहरुमार्फत १५ फागुनसम्म माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २५ फागुनसम्म थप हुनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । गत आर्थिक वर्ष २०७८÷७९ को अपरिस्कृत वित्तीय विरण अनुसार लघुवित्तको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा र प्रतिसेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको सञ्चित नाफा १२ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण