शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फर्कि आऊ पृथ्वी अब

शनिबार, ०७ माघ २०७९, ०८ : १३
शनिबार, ०७ माघ २०७९

मधुकरमणि आचार्य
तिमीले उनेको माला छिन्नभिन्न हुन नदिन 
तिम्रै सन्ततिमा राष्ट्रियताको भाका सिकाउन
जन्मभूमिमा मूलुकको पौरख देखाउन 
फर्कि आऊ पृथ्वी अब ।
तिम्रा दिब्य उपदेशको घरेलु उद्योगको सपना पढ्दा 
    अमेरिकाको ल्यापटप र अरबको खरवले नचल्ने मुलुकमा 
    जाँदैछु खोरियाको लागि कोरिया मेसिन बनी
    फर्कि आऊ पृथ्वी अब ।
तिम्रै टिस्टा र काँगडा सम्झिदा 
जंगे पिलर आज हल्लिदा
कालापानी नक्सामा सीमित हुँदा
पहिचान मेटाउन खोज्छन् तिमीले धपाएका काले र गोरेहरु
सम्झन्छु तिम्रा दूरदर्शिता 
फर्कि आऊ पृथ्वी अब ।

फोडियो तिम्रो शालिक 
मार्ग तिम्रा ध्वस्त भए 
जुठो कुँडो चाटेर उडाइ दिए आदर्श
भिष्मपितामह शरशैयामा छटपटाइरहेछन्
रुन्छिन् जननी 
फर्कि आऊ पृथ्वी अब ।
कोइली सुनाउँछे गीत विरहका 
        कोही गर्छन् कुरा विद्रोहका 
        प्रजा लड्छन् एकापस 
        तिम्रै सन्तान मारिए सपरिवार 
        फर्कि आऊ पृथ्वी अब ।
नेपाली माटोमा पसिना बगाउन सिकाउन 
वीर पूर्खाको सम्मान बढाउन 
झण्डा फहराई 
शिर झुक्न नदिन 
आज तिम्रै खाँचो छ 
फर्कि आऊ पृथ्वी अब ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप