शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिजो बोलेका हरेक शब्दको हेक्का छ, जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु : गृहमन्त्री लामिछाने

शनिबार, ०७ माघ २०७९, ०८ : ५७
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् । 

‘हिजो बोलेका हरेक शब्द शब्दको हेक्का छ’, उनले सामाजिक सञ्जालमार्फत शनिबार भनेका छन्, ‘भोट माग्दा गरेका बाचाहरुको हक्का छ । उनले मिडियाको हेडलाइन बदल्न नसक्ने भए पनि जनताको लाइफलाइन बदल्न मेहनत गरिरहेको बताएका छन् । यद्यपि धुलो धेरै भएकाले थोरै समय पर्खिनुपर्ने उनको भनाइ छ । लामिछानेले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन । तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ ।’

उनले फरार अभियुक्तहरु समातिने मात्रै नभएर धेरै नयाँहरू फरार हुन नपाउन् भन्नेमा पनि हेक्का रहेको बताएका छन् । शुक्रबारमात्रै एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यस प्रकरणमा पनि उनलाई जोडेर विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप