हिजो बोलेका हरेक शब्दको हेक्का छ, जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् ।
‘हिजो बोलेका हरेक शब्द शब्दको हेक्का छ’, उनले सामाजिक सञ्जालमार्फत शनिबार भनेका छन्, ‘भोट माग्दा गरेका बाचाहरुको हक्का छ । उनले मिडियाको हेडलाइन बदल्न नसक्ने भए पनि जनताको लाइफलाइन बदल्न मेहनत गरिरहेको बताएका छन् । यद्यपि धुलो धेरै भएकाले थोरै समय पर्खिनुपर्ने उनको भनाइ छ । लामिछानेले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन । तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ ।’
उनले फरार अभियुक्तहरु समातिने मात्रै नभएर धेरै नयाँहरू फरार हुन नपाउन् भन्नेमा पनि हेक्का रहेको बताएका छन् । शुक्रबारमात्रै एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यस प्रकरणमा पनि उनलाई जोडेर विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण