मैले लेख्न नसकेको कविता
राजनदास
कुनै समय थियो
मैले लेख्न छोडिसकेकको थिएँ
आँखा त थिए मेरा
तर देख्न छाडिसकेको थिएँ
म सायद बिलाई जान्थें होला हावासँगै
बाँकी हुँदै थिएन मेरो अस्तित्व कतै
हो,
त्यही समयमा भेटेको थिएँ
मैले एउटा कविता
मैले लेख्न नसकेको कविता ।
त्यही कविता
जसले जन्म दियो थुप्रै कविताहरू
जसमा छन् धेरै शब्दहरु अनि भाव लुकेका
अनगिन्ती सपना अनि ख्वाव लुकेका
यो कविता आफैँमा उपन्यास भन्दा कम छैन
त्यो कविता कुनै विश्वास भन्दा कम छैन ।
साँच्चै रमाइलो, अनौठो र
अचम्मको छ त्यो कविता
हर्ष छ, उल्लास छ
आफ्नोपनको आवासका
साँच्चै राम्रो छ त्यो कविता
मैले लेख्न नसकेको कविता ।
त्यही कविता जसले मलाई कवि बनायो
तर कुनै अफसोच छैन चाहेर पनि
लेख्न सकिन त्यो कविता
किनकि
लेख्न नसकिने त्यो मेरो आफ्नै कविता हो
मेरो जीवनको निकै प्रिय कविता
हुनेछ सधैँ मेरो नजिक
हरदम, हरपल
हरेक पाइलाहरुमा
मैले लेख्न नसकेको कविता ।
शहीदनगर नगरपालिका–८, धनुषा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण