शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
साँझमा मुस्कुराएको काठमाडौँ (फोटो फिचर)

साँझमा मुस्कुराएको काठमाडौँ (फोटो फिचर)

शनिबार, ०७ माघ २०७९

यतिबेला काठमाडौँ सहरका मुख्य रात्रिकालीन व्यापार, व्यवसाय हुने ठाउँहरू उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै सहर रङ्गीचङ्गी उज्यालोले झकिझकाउ छ । सहरका चोक, गल्लीहरू र रात्रिकालीन व्यापार व्यवसाय सञ्चालन हुने ठाउँमा सडक र भवनहरू यतिबेला धपक्क बलेको देख्न सकिन्छ ।

मठ मन्दिरहरूमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाडौँको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरू नै रङ्गीचङ्गी बत्तीले चम्किरहेका देख्न सकिन्छ ।

अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढिरहेको पनि छ । बत्तीको प्रकाशले मन्दिरहरू धपक्क बलेका देखिन्छन् । जस कारण पनि साँझको समयमा काठमाडौँका यी ठाउँहरूको दृश्य हेर्न लायक बन्छ । साँझमा मुस्कुराएको काठमाडौँका केही मनमोहक तस्बिरहरू ।    

न्युज एजेन्सी नेपाल

kathmandu light DSC_2272_33 (1)kathmandu light DSC_2272_33 (2)kathmandu light DSC_2272_33 (4)kathmandu light DSC_2272_33 (6)kathmandu light DSC_2272_33 (7)kathmandu light DSC_2272_33 (8)kathmandu light DSC_2272_33 (9)kathmandu light DSC_2272_33 (10)kathmandu light DSC_2272_33 (11)kathmandu light DSC_2272_33 (12)kathmandu light DSC_2272_33 (13)kathmandu light DSC_2272_33 (14)kathmandu light DSC_2272_33 (15)kathmandu light ffkathmandu light final

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया