सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

सोमबार, ११ साउन २०८३, १४ : ०५
सोमबार, ११ साउन २०८३

सारांश

  • सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।
  • साना वा ठुला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।
  • सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे २ दिनको ध्यानाकर्षण र्‍यालीपछि थप सशक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

काठमाडौँ । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । 

साना बचतकर्ता र ठुला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले 'पीडितलाई न्याय दिइयोस्, सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्, छिटो न्याय दे' लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साना वा ठुला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।

साथै उनीहरूले आफुहरुको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन् । सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे २ दिनको ध्यानाकर्षण र्‍यालीपछि थप सशक्त रूपमा  आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् । 

cooperative victims-Nepal photo library--09cooperative victims-Nepal photo library--11cooperative victims-Nepal photo library--12cooperative victims-Nepal photo library--13cooperative victims-Nepal photo library--14cooperative victims-Nepal photo library--15cooperative victims-Nepal photo library--16

cooperative victims-Nepal photo library--01cooperative victims-Nepal photo library--02cooperative victims-Nepal photo library--03cooperative victims-Nepal photo library--05cooperative victims-Nepal photo library--06cooperative victims-Nepal photo library--07cooperative victims-Nepal photo library--08

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप