१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
सारांश
- स्वास्थ्यकर्मीहरूमाथि हुने दुव्र्यवहारको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभर ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
- सरकारसँग सहमति भएपछि डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै सुरु गरेको २४ औँ अनशन तोडेका छन् ।
- काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको छ ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. मंगलबार देशभर ओपीडी बन्द
स्वास्थ्यकर्मीहरूमाथि हुने दुव्र्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले भोलि देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
२. नागढुंगा सुरुङमार्ग उद्घाटन
काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उदघाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उदघाटन गरिएको हो ।
३.सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति
सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ ।
४. तीन बुँदे सहमतिले एमाले–नेकपाभित्र असन्तुष्टि
प्रदेशमा सत्ता सहकार्य गर्ने उद्देश्यले तीन बुँदे सहमति गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीभित्र असन्तुष्टिका स्वर सुनिन थालेको छ ।
५. सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन
डा. गोविन्द केसी र सरकारबिच सहमति भएको छ । सोमबार सरकारसँग सहमति भएसँगै डा. केसीले अनसन ताडेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए ।
६. अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए ।
७. सरकार गठनबारे अन्योलमा कर्णाली
कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा तोकेका छन् । यद्यपि, सोमबार अपराह्नसम्म पनि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेता अन्योलमा छन् । दुवै दलका शीर्ष नेताबिच भएको सहमति अनुसार कर्णालीमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ भने एमालेले सत्ता साझेदार भूमिका निर्वाह गर्नेछ ।
८. डोजर चलेको ३ महिनासम्म के–के झेले सुकुमबासीले ?
काठमाडौँ उपत्यकाका नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई डोजर चलाएर त्यहाँबाट हटाएको तीन महिना भएको छ । बस्ती भत्काएर मानिसहरूलाई अस्थायी आश्रयस्थलमा पुर्याएको ९० दिन बितिसक्दा पनि उनीहरूको दिगो पुनस्र्थापना र स्थायी व्यवस्थापनको मुद्दा भने अझै अन्योलमै छ ।
९. सम्पदाका हिसाबले धनी भए पनि संरक्षण क्षेत्रका पालिका आर्थिक रूपमा सधैँ गरिब
मनास्लु संरक्षण क्षेत्र आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रका पालिकाहरू सम्पदाका हिसाबले धनी भए पनि आर्थिक रूपमा सधैँ गरिब छन् । आखिर किन यस्तो भयो ? यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१०. रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । साउन १३ गते बस्नेगरी बैठक आह्वान गरिएको हो ।
११. प्रस्तावित निर्वाचन आयुक्तद्वयको संसदीय सुनुवाइ भोलि
निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित ओखलढुङ्गा निवासी गुरूप्रसाद वाग्ले र काठमाडौँ निवासी डा. राजीव सुब्बाको संसदीय सुनुवाइ भोलि हुने भएको छ ।
१२. नेपाल पराजित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण