कालिञ्चोक दर्शनको आईपीओमा १८ गुणा बढी आवेदन
शनिबार, ०७ माघ २०७९, १२ : १२
काठमाडाैँ । कालिञ्चोक दर्शनको साधारण सेयर (आईपीओ)मा १४ लाख ३२ हजार ८८१ जनाले आवेदन दिएका छन् । सीडीएस्सी एण्ड क्लियरिङका अनुसार अन्तिम समयसम्म उक्त आवेदन परेको हो । उक्त सङ्ख्याका आवेदकले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर माग गरेका छन् ।
कम्पनीले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूका लागि र ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो । यस्तै, २१ हजार ६०० कित्ता कर्मचारीलाई छुट्टाइएको थियो ।
बाँकी रहेको ८ लाख ९६हजार ४०० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री खुलाइएको थियो । तर, यस अवधिमा सर्वसाधारणबाट बिक्री खुलाइएकोभन्दा साढे १८ गुणा बढी सेयर माग भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण