कालिञ्चोक दर्शनको आईपीओमा १८ गुणा बढी आवेदन
शनिबार, ०७ माघ २०७९, १२ : १२

काठमाडाैँ । कालिञ्चोक दर्शनको साधारण सेयर (आईपीओ)मा १४ लाख ३२ हजार ८८१ जनाले आवेदन दिएका छन् । सीडीएस्सी एण्ड क्लियरिङका अनुसार अन्तिम समयसम्म उक्त आवेदन परेको हो । उक्त सङ्ख्याका आवेदकले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर माग गरेका छन् ।
कम्पनीले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूका लागि र ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो । यस्तै, २१ हजार ६०० कित्ता कर्मचारीलाई छुट्टाइएको थियो ।
बाँकी रहेको ८ लाख ९६हजार ४०० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री खुलाइएको थियो । तर, यस अवधिमा सर्वसाधारणबाट बिक्री खुलाइएकोभन्दा साढे १८ गुणा बढी सेयर माग भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण