राप्रपा नेपालको पदाधिकारी बैठक जारी
काठमाडौँ । राप्रपा नेपालको पदाधिकारी बैठक जारी छ । ग्रीनलिप्स रिसोर्टमा जारी बैठकमा आगामी माघ ९ गतेदेखि काठमाडौँमा हुने केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा छलफल भइरहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, सङ्गठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नेछन् । केन्द्रीय समितिमा प्रस्तुत हुने प्रतिवेदनमाथि पदाधिकारीले टिप्पणी सहित आफ्नो धारणा राख्ने क्रम जारी रहेको बर्तौलाले बताए ।
समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरूमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए । आगामी माघ ९ र १० गते पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण