बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

शनिबार, ०७ माघ २०७९, १४ : ५६
शनिबार, ०७ माघ २०७९

बुटवल । पश्चिम नवलपरासीको  पाल्ही नन्दन गाउँपालिकामा तीर्थलु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । त्रिवेणी धाम मेलामा तीर्थ गरी भारततर्फ फर्किँदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको बस दुर्घटना हुँदा ४५ जना भारतीय तीर्थालु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा सडकबाट १० मिटर तल  बस खसेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई जिल्ला अस्पताल परासी पठाइएको छ । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप