नरैनापुरमा झन्डै दस हजार बालबालिकाले लगाए दादुराविरुद्धको खोप
नरैनापुर । नरैनापुरको दादुरा प्रभावित क्षेत्रमा पछिल्लो ६ महिना यता १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ । नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् ।
सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर विवेक पौडलेका अनुसार नरैनापुरका ७ वटा वडामा खोप अभियान सञ्चालन भई रहेको बताउँदै सोमबार सम्म लक्ष्य अनुसार खोप लगाई सक्ने जिकिर गरे ।
खोप अभियानको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ, डब्लुएचओका डाक्टर तृप्ति पाल रमन लगायतले शनिबार खोपको अनुगमन गरेको नरैनापुर स्वास्थ्य शाखाले जनाएको छ । नरैनापुरमा फैलिएको दादुरा सङ्क्रमणबाट २१ जना बालबालिका सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये १६ जना होम आइसोलेसनमा उपचाररत छन् भने ५ जना निको भइसकेका छन् ।
शनिबार नरैनापुर गाँउपालिका भित्र ६ वडाका ११ खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भई रहेको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । यता नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले खोप संचालनमा कुनै कमी हुन नदिन कर्मचारीहरूलाई निर्देशन दिँदै नियमित रूपमा खोप केन्द्रको अनुगमन र स्थानीयहरू सँग खोप लगाउन आग्रह गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण