‘ब्लड मनी’ बाट ऋचाले अष्ट्रेलियामा पाइन् उत्कृष्ट अभिनेत्रीको अवार्ड
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उनले छोटो फिल्म ‘ब्लड मनी’ उत्कृष्ट अवार्ड हात पारेकी हुन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डसहित उनी आउँदो बुधबार नेपाल फर्किँदैछिन् ।
सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रुपमा हेरिएको छ । फिल्मबाट विभिन्न देशका मेकरले नेपालमा छायाङ्कन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल्सिनाले जानकारी दिए । उनले यो फिल्मबाट विभिन्न फेस्टिभलमा पनि अवार्ड प्राप्त गरिसकेका छन् ।
फिल्मले सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’ को अवार्ड समेत जितेको छ भने विश्वका कयौ फेस्टिभलमा छनोट भएको छ । पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथावस्तुमा फिल्म निर्माण भएको छ । २८ मिनेटको फिल्ममा ऋचाका अलावा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण