बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बयरमा सुन्तलाभन्दा बढी पाइन्छ भिटामिन सी, प्रतिरोधी क्षमता बढाउँछ : यस्ता छन् अन्य फाइदा

आइतबार, ०८ माघ २०७९, १३ : ००
आइतबार, ०८ माघ २०७९

अमिलो–गुलियो, काँचो–पाकेको बयर । चिसो मौसम बयरको मौसम हो र वसन्त पञ्चमी आउन लाग्दा यो बजारमा पाइने गर्छ । आउनुहोस्, आज बयरका फाइदाबारे जानकारी लिऔँ ।

पाचन प्रणाली सुधार्छ

बयरमा फाइटोकेमिकल र विभिन्न प्रकारका पोषक तत्त्वहरू हुन्छन् । चिसो मौसममा बयर खाँदा पाचन प्रक्रिया दुरुस्त राख्ने एन्जाइम्सले राम्रोसँग काम गर्छ । बयरमा भरपुर मात्रामा फाइबर हुन्छन् जसले कब्जियतलाई टाढा राख्छ ।

हड्डी बलियो हुन्छ

भारतकी डायटिसियन डा. विजयश्री प्रसाद भन्छिन्, ‘बयरमा क्याल्सियम, म्याग्नेसियम र फस्फोरस पाइन्छन् जसले हड्डी बलियो बनाउँछ ।’ यसमा म्याग्नेसियम बढी हुँदा यसले एन्टी डिप्रेशन औषधीको रूपमा पनि काम गर्छ । चिसो मौसम भरी नियमित रूपमा बयर खाँदा एङ्जाइटी हट्छ । यसमा एमिनो एसिड हुन्छन् जसले शरीरलाई स्ट्रेसबाट टाढा राख्छ । एन्टी इन्फ्लेमेटरी गुण भएका कारण यसले रगतलाई शुद्ध पार्ने कामसमेत गर्छ ।

बयरमा यस्तो मिनरल्स हुन्छन्

क्याल्सियम, आइरन, म्याग्नेसियम, म्यागनिज, फस्फोरस, पोटासियम, सोडियम र जिङ्क

यस्तो भिटामिन हुन्छन्

भिटामिन ए, सी, बीवान, बीटु, बीथ्री र बीनाइन

अनुहारमा निखार आउँछ

डा. विजयश्री प्रसाद भन्छिन्, ‘बयरका विभिन्न प्रकार पाइन्छन् । थुप्रै जङ्गली बयर पनि हुन्छन् जुन साना हुन्छन् । जुन बयर फलाइन्छ, ती आकारमा ठुला हुन्छन् र यसमा पौष्टिक तत्त्व पनि भरपुर मात्रामा पाइन्छ ।’

बयरमा भिटामिन सीको मात्रा बढी हुन्छ । यहाँसम्म कि सुन्तलामा भन्दा यसमा भिटामिन सी बढी हुन्छ । सय ग्राम बयरमा ६९ एमजी भिटामिन सी पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट्स पाइन्छन् । यो खाँदा तपाईंको छालामा निखार आउँछ । अनुहारमा डन्डिफोर र आँखा मुनी डार्क सर्कल छ भने बयर खानु निकै फाइदाजनक हुन्छ ।

चायाबाट मुक्ति मिल्छ

हरेक दिन कति बयर खाने ? यो प्रश्नमा डा. विजयश्री भन्छिन्, ‘चिसो मौसममा मानिसलाई चायाको समस्या बढी हुन्छ । बयरमा प्रोटिन, भिटामिन सी, केरेटलाइड्स, भिटामिन बी कम्प्लेक्स र मिनरल्स हुन्छन् । त्यसैले हामीले हरेक दिन ८ देखि १० मध्यम आकारका बयर खानुपर्छ । बयर खाँदा कपालले पर्याप्त पोषण पाउँछ । यसले कपाल बाक्लो हुन पनि सघाउँछ ।

के बच्चा बारम्बार बिरामी भइरहेका छन् ?

चिसो मौसममा बच्चा अलि बढी नै बिरामी हुन्छन् । रुघा–खोकी, नाकबाट पानी बगिरहनु, पेट खराब हुनु जस्ता समस्या उनीहरुले झेल्नुपर्ने हुन्छ । मौसमी फलफूल बयर खाँदा बालबालिकाको प्रतिरोधी क्षमता बलियो हुन्छ । जो बच्चा बारम्बार बिरामी हुन्छन्, उनीहरूलाई बढी फाइदा हुन्छ ।

उच्च रक्तचाप भएकाहरूलाई फाइदाजनक

उच्च रक्तचाप भएका बेला बयर खाँदा निकै फाइदाजनक हुन्छ । जसलाई उच्च रक्तचाप छ उनीहरुले पोटासियमले भरपुर खाना खानुपर्छ । बयरमा प्राकृतिक पोटासियमको मात्रा भरपुर हुन्छ । यसको नियमित सेवनले रक्त सञ्चारमा सुधार आउँछ र रक्तचाप नियन्त्रणमा रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप