गौतमबुद्ध रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मस–सुन्तली फाउन्डेसन

काठमाडौँ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको धुर्मुस–सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । फाउन्डेसनले वि.सं २०७४ सालमा चितवनमा रंगशाला निर्माणको काम थालनि गरेको थियो । आर्थिक अभावका कारण फाउन्डेसनले निर्माण कार्यबाट बीचबाट नै हात झिकेको थियो । कुल ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । जसमा ५४ करोड खर्च भएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको थियो । त्यसको ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले निर्माण कार्य रोकेका थिए ।
त्यसपछि हालसम्म फाउन्डेसनले खर्च विवरण सर्वाजनिक गरेको छैन् । फाउन्डेसनका अध्यक्ष सितारम कटेलले अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी भएको बताए। ‘अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी थालेका छौं । खर्च विवरण बाहेकका अन्य विषय पनि छन् । सबै सार्वजनिक गर्ने हाम्रो योजना छ,’ कटेलले रातोपाटीसँगको कुराकानीमा भने ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दैछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले बताएपनि हालसम्म निर्माण हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा