कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने
कराकस । कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो । सरकारले यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै सो वार्ता हुने भएको सूचना कोलम्बियाली सरकारले दिएको हो ।
शनिबार यहाँको सो विद्राही समूह र सरकारी वार्ता टोलीका बीचमा सो सहमति भएको हो । यहाँको सरकारी वार्ता टोलीका प्रमुख ओटी प्याटिनोले सरकारी र विद्रोही समूहका वार्ता टोलीका सदस्यका बीचमा शनिबार वार्ता भएको र सो वार्तामा आगामी महिना शान्ति वार्ता हुने जानकारी दिए । उनले अबको वार्ता दोस्रो चरणको हो भन्दै यसबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने बताएका हुन् । अबको वार्तामा सरकारी पक्ष पनि आसावादी भएको र दुवै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको पनि उनले बताए ।
शनिबारको वार्ताका क्रममा दुवै पक्षका बीचमा धेरै कुरामा समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविरामको पनि सहमति हुने उनले बताए । यहाँको सरकारले यहाँ दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण