नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन रौतहटको अध्यक्षमा चौरसिया
आइतबार, ०८ माघ २०७९, १७ : ४३
रौतहट । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन रौतहटको पाँचौ जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ। जिल्ला समन्वय समिति गौरको सभाहलमा सम्पन्न अधिवेशनले राम चौरसियाको अध्यक्षतामा १३ सदस्यीय रौतहट जिल्ला कमिटी चयन गरेको छ।
नवगठित कमिटीको उपाध्यक्षमा श्यामराज सापकोटा, जयनारायण लालकर्ण, सचिवमा कैलाश प्रसाद साह र कोषाध्यक्षमा धर्मेन्द्र सहनी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विक्रम दाहाल ,शैलेन्द्र श्रीवास्तब, रामजिवन साह, जितेन्द्र कुश्वाहा, दिपक खनाल, शंकर दास र श्याम कुमार साह चयन भएका छन् ।
अधिवेशनमा माओवादी पोलिटब्युरो तथा केन्द्रीय सदस्य अशोक जैसवाल, निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य बिनोद कुमार जैसवाल, प्रदेश ईन्चार्ज नागेन्द्र कुश्वाहा, प्रदेश अध्यक्ष छठु चौधरी लगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण