राप्रपा नेपाललाई फेरि उठाउने संकल्पका साथ केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । "राप्रपा नेपाललाई फेरि उठाउछौ" भन्ने सड्ढल्पका साथ पार्टी केन्द्रिय समितिको बैठक काठमाडौंमा आज र भोलि बस्दैछ । निर्बाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा , भाबी बैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
केन्द्रिय समिति बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समिक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले प्रतिबेदन प्रस्तुत गर्ने प्रबक्ता बसन्तमानसिंह अधिकारिले बताए ।
प्रतिबेदन माथी केन्द्रीय सदस्यहरुले टिप्पणी सहित आफ्नो धारणा राख्नेछन । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य बिषयहरुमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए । पार्टीको केन्द्रीय समिती बैठक आज र भोलि दुई दिन चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण