आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शहबाज शरीफ कचौरा लिएर देश–देश घुमिरहेका छन् तर पैसा कसैले दिइरहेका छैनन् : इमरान खान

सोमबार, ०९ माघ २०७९, ०९ : ५५
सोमबार, ०९ माघ २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशका प्रधानमन्त्री शहबाज शरीफ ‘कचौरा’ बोकेर विश्वभरका देशको भ्रमण गरिरहेको तर कसैले पनि उनलाई एक पैसा पनि नदिइरहेको बताएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानले एउटा समाचार च्यानलसँगको अन्तरवार्तामा भने, ‘हेर्नुहोस्, यो आयातित सरकारले पाकिस्तानलाई के गरेको छ ।’

‘शाहबाज शरीफ कचौरा लिएर विभिन्न देशहरूमा यात्रा गरिरहेका छन् र मद्दत मागिरहेका छन् । तीमध्ये कसैले पनि उनलाई एक पैसा पनि दिइरहेका छैनन् ।’

इमरान खानले प्रधानमन्त्री शरीफको हालैको अन्तरवार्तालाई उल्लेख गरे जसमा उनले भारतसँग वार्ता गर्ने इच्छा व्यक्त गरेका थिए।  उनले भने, ‘शरीफले भारतसँग वार्ताको याचना गरिरहेका छन्, तर भारत सरकारले उनलाई पहिले आतंकवाद अन्त्य गर्न भनिरहेको छ ।’

शरीफको भनाइमा टिप्पणी गर्दै भारतले पाकिस्तानसँग आफूहरुले सधैं सामान्य छिमेकीको सम्बन्ध चाहेको तर त्यस्ता सम्बन्धका लागि आतंकवाद र हिंसामुक्त वातावरण हुनुपर्छ भन्ने बयान दिएको थियो ।

इमरान खानको यो टिप्पणी शहबाज सरिफको दुई दिने यूएई भ्रमणपछि आएको हो । यसैबीच, यूएईले द्रुत रूपमा घट्दै गएको विदेशी मुद्रा सञ्चितिको बीचमा पाकिस्तानलाई संकटसँग जुध्न मद्दत गर्न पाकिस्तानलाई २ अर्ब डलरको विद्यमान ऋण र थप १ अर्ब डलर ऋण उपलब्ध गराउन सहमत भएको छ ।

७० वर्षीय खानले शहबाज शरीफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र पाकिस्तानको गुप्तचर एजेन्सी ‘आईएसआई काउन्टर इन्टेलिजेन्स विङ’का प्रमुख मेजर जनरल फैसल नसीरको हत्या प्रयासमा संलग्न रहेकोमा आफू शतप्रतिशत विश्वास भएको बताए ।

उनले भने, ‘अब म शतप्रतिशत ढुक्क छु कि शहबाज र अन्य दुई जना जसलाई मैले एफआईआरमा नाम दिएका थिए (जुन दर्ता हुन सकेन) ले मलाई मार्ने षड्यन्त्र रचेका थिए । यो सुनियोजित षडयन्त्र थियो किनभने तीन प्रशिक्षित शूटरहरू पठाइएको थियो । तर भगवानको कृपाले म बाँचे ।’

गत वर्ष नोभेम्बर ३ मा पञ्जाब प्रान्तको वजिराबाद क्षेत्रमा आफ्नो पार्टीको र्‍यालीका क्रममा इमरान खानमाथि तीन पटक गोली प्रहार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप