कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
कञ्चनपुर । कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ बरामद गरिएको हो ।
सब डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाउँपालिका वडा नम्बर ५ देखतभुलीका ६ घरबाट अवैध काठ बरामद गरेको बताएको छ ।
सब डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद भएको जानकारी गराए ।
सुविता रानाको घरबाट ६ दशमलव ८७ क्युफिट काठ चिरान, ३८ दशमलव २८ क्युफिट काठ गोलिया, मोति रानाको घरबाट १५ दशमलव १८ क्युफिट काठ चिरान, ३८ दशमलम शून्य १ क्युफिट काठ गोलिया, मोलो रानाको घरबाट ३३ दशमलव ७४ क्युफिट काठ चिरान, काली रानाको घरबाट १९ दशमलव शून्य १ क्युफिट काठ चिरान, विक्रम रानाको घरबाट २७ दशमलव १४ क्युफिट काठ र भङगी रानाको घरबाट ३२ दशमलव ९४ क्युफिट गोलिया बरामद गरिएको हो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण