नेपालगञ्ज महोत्सवको उद्घाटन आज
बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको आज उद्घाटन हुदैँछ । आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके र शिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज ‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ महोत्सव विधिबद्ध रुपमा उद्घाटन हुदैँछ ।
आज नेपालगञ्जको धम्बोझी चोक देखि महोत्सव स्थलसम्म भब्य सांस्कृतिक झाँकी र्याली प्रदर्शन सहित महोत्सवमा परिणत हुने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कँडेलले बताए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसीको प्रमुख आतिथ्ययतामा हुनेछ ।
आज देखि माघ २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा महोत्सव सञ्चालन हुदैँछ ।
महोत्सवमा साधारण प्रवेश शुल्क ६० रुपैँया र विद्यार्थीलाई ५० रुपैँया निर्धारण गरिएको छ । उद्घाटनका दिन भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण