टोटेनहमको जितमा केनको निर्णायक गोल
मङ्गलबार, १० माघ २०७९, ०८ : ३८
काठमाडौं । ह्यारि केनको निर्णायक गोलमा प्रिमियर लिग फुटबलमा टोटेनहम जित निकालेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १–० गोल अन्तरले हराएको हो । फुलहमको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा केनले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
यो गोलसँगै केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । टोटेनहमका लागि केनको यो २६६ औं गोल हो । केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने जिम्मी ग्रेभ्सको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।
जितसँगै टोटेनहमले २१ खेलमा ३६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । फुलहम ३१ अंक जोडे सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण