प्रदेशको भागबन्डा मिलाउन नसकेका मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग मागे सहयोग
मङ्गलबार, १० माघ २०७९, ११ : २३
काठमाडौँ । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता प्रदेशको भागबन्डामा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री अधिकारी मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रदेशबाट सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री अधिकारी सहयोगका लागि शीर्ष नेताहरूको दैलो चाहरिरहेका छन् ।
पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सकेका छैनन् । सोमबार मन्त्रालय घटाउने विषयमा सहमति जुटे पनि भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण