आजदेखि शहीद सप्ताह सुरु
काठमाडौँ । मंगलबारबाट शहीद सप्ताह सुरु भएको छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष १०(१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।
१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
शहीद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष १० माघबाट शहीद सप्ताह मनाउन थालिएको हो । साथै शहीद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएको थियो । चारैजनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ।
तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण