शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजदेखि शहीद सप्ताह सुरु

मङ्गलबार, १० माघ २०७९, १२ : ०५
मङ्गलबार, १० माघ २०७९

काठमाडौँ । मंगलबारबाट शहीद सप्ताह सुरु भएको छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष १०(१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

शहीद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष १० माघबाट शहीद सप्ताह मनाउन थालिएको हो । साथै  शहीद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएको थियो । चारैजनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ। 

तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप