माओवादी स्थायी समिति बैठकका एजेन्डा के-के छन् ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ १२ गते बिहीबार बिहान ११ बजे बस्दै छ । साङ्गठनिक र भावी योजनाका विषयमा पार्टी बैठकमा गम्भीर छलफल गर्ने तयारी गरेको हो ।
‘हामीले सङ्गठनको योजना बनाएर जाने तयारी गरेका छौँ । कतिपय जनवर्गीय सङ्गठनको भेला, सम्मेलन, सङ्गठन पुनर्गठन गर्ने छौँ’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘प्रदेश र जिल्लाका बैठकहरू आयोजना गरेर सङ्गठनलाई गतिशील बनाउनु पर्ने छ । सदस्यता वितरणको कार्यलाई अगाडि बढाउने छौँ ।’ पार्टीको कार्य विभाजन समेत नभएकाले बैठकबाट गरिने ढकालले बताए । पार्टीमा पछिल्लो समय वैचारिक राजनीतिक प्रशिक्षण हुन नसकेकाले त्यसलाई समेत अघि बढाउने योजना बनाएको बताए ।
‘हामीले महरा जीको नेतृत्वमा वार्ता टोली बनाए विभिन्न शक्तिसँग छलफल जारी राखेका छौँ । त्यसमा के कति प्रगति भयो भन्ने विषयमा बैठकमा छलफल हुनेछ’ ढकालले भने । स्थायी समिति बैठक सकिए लगत्तै केन्द्रीय समिति बैठक बस्ने ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण