शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठकका एजेन्डा  के-के छन् ?

मङ्गलबार, १० माघ २०७९, १३ : ०३
मङ्गलबार, १० माघ २०७९

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ १२ गते बिहीबार बिहान ११ बजे बस्दै छ । साङ्गठनिक र भावी योजनाका विषयमा पार्टी बैठकमा गम्भीर छलफल गर्ने तयारी गरेको हो । 

‘हामीले सङ्गठनको योजना बनाएर जाने तयारी गरेका छौँ । कतिपय जनवर्गीय सङ्गठनको भेला, सम्मेलन,  सङ्गठन पुनर्गठन गर्ने छौँ’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘प्रदेश र जिल्लाका बैठकहरू आयोजना गरेर सङ्गठनलाई गतिशील बनाउनु पर्ने छ । सदस्यता वितरणको कार्यलाई अगाडि बढाउने छौँ ।’ पार्टीको कार्य विभाजन समेत नभएकाले बैठकबाट गरिने ढकालले बताए । पार्टीमा पछिल्लो समय वैचारिक राजनीतिक प्रशिक्षण हुन नसकेकाले त्यसलाई समेत अघि बढाउने योजना बनाएको बताए । 

‘हामीले महरा जीको नेतृत्वमा वार्ता टोली बनाए विभिन्न शक्तिसँग छलफल जारी राखेका छौँ । त्यसमा के कति प्रगति भयो भन्ने विषयमा बैठकमा छलफल हुनेछ’ ढकालले भने । स्थायी समिति बैठक सकिए लगत्तै केन्द्रीय समिति बैठक बस्ने ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप