टेकु अस्पताल निर्माणका क्रममा स्वास्थ्य सेवा प्रभावित हुनुहुँदैन : स्वास्थ्य मन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन् । शुक्रराज ट्रपिल तथा सरुवारोग अस्पतालको ८९ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गिरीले ३०० शैय्याको अस्पताल निर्माण गर्दा उपयुक्त स्थानबाट सेवा अगाडि बढाउने प्रबन्ध मिलाउन आग्रह गरेका हुन् ।
अस्थायीरुपमा स्वास्थ्य सेवा अगाडि बढाउन आवश्कताका आधारमा मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ छ । ‘३०० वेडको अस्पताल निर्माण गर्न लागिए पनि यो प्रयाप्त छैन । अझै क्षमता बढाएर ५०० शैय्या पुर्याउनुपर्छ,’ उनले भने ।
सन् १९९० को भूकम्प पश्चात्को महामारीमा स्थापना भएको अस्पतलले इतिहासको पानामा नाम लेख्न सफल भएको उनले बताए । २०७६ सालपछि कोरोनाकालमा अस्पतालले सफलतापूर्वक काम गरेको उनको भनाइ छ । ‘महमारीकाकालमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मीले उच्च मनोबलकासाथ काम गरी उदारहणीय बन्नुभयो महामारीकालको अग्नि परीक्षामा सफल भए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण