राप्रपा नेपालको महाधिवेशन २०८० साल फागुनमा
काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी नेपालले आगामी ८० साल फागुनमा राष्टिय महाधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही माघ ९ र १० गते बसेको सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
‘बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाडांैमा आयोजना गर्ने निर्णय गरेको छ’, बैटकपछि पार्टीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष डा. बिष्णु भण्डारीद्वारा प्रस्तुत निर्वाचन समिक्षा प्रतिवेदन, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण सम्बन्धि कार्ययोजना, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन सुदृढिकरण कार्यक्रम र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।
बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार, राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ ।
त्यस्तै युवा केन्द्रित स्मार्ट पार्टीको अवधारणा र विस्तृत कार्यक्रम तयार गर्न पार्टीका महामन्त्री केशवराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला चुनेली, सुशान्त प्रसाद भद्रा, आशा बिष्ट र भरत ढकाल रहेको कार्यदल गठन गरेको छ ।
साथै बैठकले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको अध्यक्षमा उज्वल पोखरेललाइ नियुक्त गरेको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण