‘भूकम्पको इपिसेन्टर’ बाजुरामा ठाउँठाउँमा घर भत्किए
बाजुरा । बाजुराको मेला केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा घर भत्किएको समाचार छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विभिन्न स्थानमा घर भत्किएको हो । यद्यपि हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको छ ।
यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।
यस्तै बझाङको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले घरहरु चर्किएको खबर प्राप्त भएको बताइएको छ ।
मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भएर दिउँसो १ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका धक्का कर्णाली र सुदूरपश्चिमसहित भारतसम्म महसुस भएको जनाइएको छ ।
यसैबीच कर्णालीका कुनैपनि जिल्लामा भूकम्पबाट क्षति भएको विवरण नआएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण