फिफा महिला विश्वकपको बल सार्वजनिक
मंगलबार, १० माघ २०७९, २२ : ३०

जेनेभा । सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ ।
सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ ।
यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ ।
बलमा आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले डिजाइन गरेका छन् ।
ओसिआउन्जले पनि फिफा विश्वकप सन् २०२२ मा म्याच बल जस्तै जडान गरिएको प्रविधिलाई अङ्गालेको छ जसले म्याच अधिकारीहरूलाई तत्काल डेटा प्रदान गर्दछ ।
सन् २०२३ महिला विश्वकप जुलाई २० मा सुरु हुनेछ र उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेसँग खेल्नेछ । उक्त खेल अगाट २० सिड्नीमा समापन हुनेछ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने