फिफा महिला विश्वकपको बल सार्वजनिक
मङ्गलबार, १० माघ २०७९, २२ : ३०
जेनेभा । सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ ।
सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ ।
यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ ।
बलमा आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले डिजाइन गरेका छन् ।
ओसिआउन्जले पनि फिफा विश्वकप सन् २०२२ मा म्याच बल जस्तै जडान गरिएको प्रविधिलाई अङ्गालेको छ जसले म्याच अधिकारीहरूलाई तत्काल डेटा प्रदान गर्दछ ।
सन् २०२३ महिला विश्वकप जुलाई २० मा सुरु हुनेछ र उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेसँग खेल्नेछ । उक्त खेल अगाट २० सिड्नीमा समापन हुनेछ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण