समान विचार भएकासँग वार्ता गर्न राप्रपा नेपालले बनायो कमिटी
काठमाडौँ । राप्रपा नेपालले समान विचार भएका दल तथा समूहसँग सहकार्यको लागि वार्ता कमिटी गठन गरेको छ । सोमबार र मंगलबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वार्ताका निम्ति कमिटी गठन गरेको हो ।
उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित कमिटीमा महामन्त्री द्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन् ।
वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, सङ्घसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रूप दिन यो कमिटीले काम गर्नेछ ।
निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक सङ्घ-संस्थासँग तुरुन्तै संवाद सुरु हुने गरी तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौँमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक 'राप्रपा नेपाललाई फेरी उठाउँछौ' भन्ने सङ्कल्पका साथ सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण