क्यामेरा लिएर बर्न अस्पताल पुगेपछि राज्यमन्त्री कार्कीको आलोचना
काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएको विषयबारे चर्को आलोचना भइरहेको छ । जलेर सख्त घाइते आचार्यलाई भेट्न कार्की मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन् ।
तर, घाइतेलाई भेट्न जाँदा राज्यमन्त्री कार्की क्यामेरा लिएर वार्डमा नै पुगेपछि उनको आलोचना भएको हो । जलेर घाइते बिरामीलाई भेट्न जाँदा उपचारसम्बन्धी प्रोटोकल र संवेदनशीलता अवलम्बन नगरेको, सङ्क्रमणबाट बिरामीलाई जोगाउनुपर्नेमा क्यामेरासहित वार्डमा नै पुगेर लापरबाही गरेको, बिरामीको गोपनीयता हनन गरेको र सस्तो लोकप्रियता हासिल गर्न खोजेको भन्दै मन्त्री कार्कीको आलोचना भइरहेको छ ।
यता, संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ । बुधबार बिहान ५ बजे आचार्यको निधन भएको डा. किरण नकर्मीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण