मधेश प्रदेशमा माओवादी केन्द्रका २ सांसदले लिए शपथ
जनकपुरधाम । मधेश प्रदेशमा माओवादी केन्द्रका २ सांसदले आज पद तथा गोपनियताको शपथ खाएका छन् । माओवादी केन्द्रका समानुपातिक तर्फका सांसद रजि हैदर र रुवी कर्णले बुधबार शपथ ग्रहण गरेका हुन् । उनीहरु दुबै जनालाई सभामुख रामचन्द्र मण्डलले शपथ खुवाएका छन् । गत पुष १५ गते मधेस प्रदेशमा सहभागी १० दलका १ सय ५ सांसदले शपथ लिएका थिए ।
सांसद हैदर र कर्णले प्रदेशसभा सचिवालयमा शपथ लिएका हुन् । उनीहरुले शपथ ग्रहण गरेसँगै यस प्रदेशमा माओवादी केन्द्रको सांसद संख्या ९ पुगेको छ । महोत्तरीबाट निर्वाचित भएको हैदर र सप्तरीबाट निर्वाचित भएको कर्णको निर्वाचित भएको घोषणा लगायतका बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्न सर्वोच्च अदालतले गरेको आदेशका कारण शपथ ग्रहणबाट बञ्चित भएका थिए ।
उनीहरुलाई शपथ ग्रहण नगराउन सर्वोच्च अदालतले गत मंसिर २९ गते अन्तरीम आदेश दिएको थियो । पार्टीकै अन्य सदस्यले समानुपातिक तर्फको क्रम संख्यामा भएको विवादका कारण परेको उजुरी उपर कारवाही गर्दै सर्वोच्चले यस्तो आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण