पाकिस्तानमा ग्यास विस्फोट : ४ बालबालिकाको मृत्यु
बुधबार, ११ माघ २०७९, १५ : ३१

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते भएका छन् ।
परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए । उद्धार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।
घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी