सूर्य नेपाल गल्फ टुर : उपाधिका लागि दिनेश र रमेश भिड्ने
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिएजिए म्याच प्लेको उपाधिका लागि दिनेश प्रजापति र रमेश अधिकारीबीच प्रतिष्पर्धा हुने भएको छ ।
बुधवार रोयल नेपाल गल्फ क्लबको कोर्समा भएको अन्तिम चारको भिडन्तमा १३ औं वरियताका रमेश अधिकारीले १० औं वरियताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान पक्का गर्दा अर्को खेलमा सातौं वरियताका दिनेश प्रजापतिले आठौं वरियताका धनबहादुर थापालाई पनि २/१ ले पछि पार्दै फाइनलमा स्थान बनाएका हुन् । सूर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश अब मात्र एक कदम टाढा रहेका छन् ।
दिनेश र रमेशले उपाधिका लागि बिहीबार ३६ होलमा गर्नेछन् भने धन र भुवनले तेस्रो स्थानका लागि १८ होलका लागि प्रतिष्पर्धा गर्नेछन् । यसअघि बुधवार नै भएको अर्को क्वाटरफाइनलमा नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रवि खड्का पराजित भए ।
शुक्रलाई वरियताको १० औं स्थानमा रहेका भुवनकुमार रोक्काले ३/१ ले पराजित गरे । अर्को क्वाटरफाइनलमा धनबहादुर थापाले भुवनलाई ३/२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी दिनेश प्रजापतिले तेस्रो वरियताका जयराम श्रेष्ठलाई ३/२ ले स्तब्ध बनाए । पूर्व नम्बर एक खेलाडी रवि खड्कालाई १३ औँ वरियताका रमेश अधिकारीले पराजित गरे । रमेशले पाँचौं वरियताका रविलाई ३/२ को नतिजामा पराजित गरेका हुन् ।
गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएपनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगितामा सबै स्पर्धाका विजेताले कुल २ लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण