बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरद्वारा विभिन्न ऐन संशोधन

बुधबार, ११ माघ २०७९, २० : ०३
बुधबार, ११ माघ २०७९

रुपन्देही । बुटवल उपमहानगरपालिकाले विभिन्न ऐनहरू संशोधन गरेको छ । नगर सभाको १२ औँ अधिवेशनले विभिन्न ऐन तथा प्रस्तावहरू पारित गरेको हो । 

बुटवलभित्र रात्रिकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने लगायतका प्रस्ताव पारित गरेको नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । 

नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरूको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवलभित्रका पार्कहरूलाई नगर मातहत ल्याउन कानुन बनाउने, टोल विकास संस्थाहरूलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

नगर सभाको बैठकमा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा सहरका रूपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए ।

पुस २१ गते सुरु भएको नगर सभाको १२ औँ अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धी संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संशोधनसहित पारित गर्दै बुधबार सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप