जुम्लामा ज्येष्ठ नागरिकलाई कम्बल वितरण
जुम्ला । जिल्ला प्रशासन कार्यालयले जुम्लामा हिमपात पूर्वतयारी थालनी गर्नुका साथै प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो वितरण अभियान शुरु भएको छ ।
चिसो बढ्दै गएपछि जेष्ठ नागरिकलाई राहत स्वरुप न्यानो कपडा वितरण गरिनेछ। जसअनुसार पहिलो दिन ६ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए । चन्दननाथ नगरपालिका ५ का पुर्णबहादुर खत्री, खड्ध्वज खाण, चन्ननाथ १ का भक्त बहादुर थ्याईत, तातोपानी गाउँपालिका २ हंस डागी चन्दननाथ १० का लक्ष्मीप्रसाद देवकोटा र गुठिचौर गाउँपालिका ५ का मिम भण्डारीलाई वितरण गरिएको हो ।
उनका अनुसार १ नगरपालिका र ७ गाउँपालिकाका जम्मा ३ सय बढी जेष्ठनागरिकलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिनेछ । जेष्ठ नागरिक संघ जुम्लाको सिफारिसमा छनौट भएका विपन्न, घरबाट अलगिएका जेष्ठ नागरिकलाई प्राथमिकताका आधारमा ज्याकेट र कम्बल वितरण गरिने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त
-
केप भर्डेका प्रशिक्षकको चेतावनी–हामी अर्जेन्टिनालाई ‘घायल’ बनाउन सक्छौँ
-
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
-
बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
-
‘दर्शकहरू समसामयिक र आफूसँग मिल्दो विषयमा बढी हाँस्छन्’
-
४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण