लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा दल त्याग
रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्र) बाट अलग भएको घोषणा गरेका हुन् ।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सभामुख घर्तीले संविधानको धारा १८२ अनुरूप आफू सभामुखमा निर्वाचित भएको र संसदीय व्यवस्थाभित्र तटस्थताको सिद्धान्त अनुरूप आफूले दल त्याग गरेको उल्लेख गरेका छन् । अबदेखि स्वतन्त्र नागरिक भई सभामुखको जिम्मेवारीमा रहेको उनले प्रस्ट पारेका छन् ।
सभामुख घर्ती गत मङ्सिर ४ गतेको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । वि.सं. २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका घर्ती प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक समेत बनेका थिए ।
राजनीतिक रूपमा स्वच्छ छवि बनाएका सभामुख घर्ती यसअघि पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारी रहेका उनका स्वकीय सचिव दिनेश जिसीले जानकारी दिए । यी सबै जिम्मेवारी उनले त्याग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण