नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट
काठमाडौं । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।
अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए ।
यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ ।
नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण