शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री

बिहीबार, १२ माघ २०७९, १७ : ५६
बिहीबार, १२ माघ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   

उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए ।  उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताए । प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए । उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिबद्धता जनाए ।  

प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप