समाज रूपान्तरणको लागि गुणस्तरीय शिक्षा अनिवार्य सर्त : मुख्यमन्त्री गिरी
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समाज रूपान्तरणको लागि हरेक नागरिकले गुणस्तरीय शिक्षा लिन पाउनुपर्ने बताएका छन् । शिक्षाको गुणस्तर अहिलेको अनिवार्य सर्त भएको उनले बताए ।
रुपन्देहीको तिलोत्तमास्थित शान्ति नमुना माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले देश र समाजको प्रगतिको लागि शिक्षाको गुणस्तर अनिवार्य रहेको बताए । समग्र सामाजिक रूपान्तरणका लागि शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने र त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा समेत उदाहरणीय शैक्षिक अवस्थालाई कायम राख्न सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाल, सर्वोच्च अदालतका पूर्व न्यायाधीश तेज बहादुर के.सी.लगायतले बोल्दै विद्यालयको शैक्षिक विकासका लागि योगदान पुर्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरका लागि विद्यार्थी सङ्ख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको बताए । राज्यले शिक्षा क्षेत्रमा दायित्व र दायरा बढाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण