निर्धक्क व्यवसाय गर्ने वातावरण बनाउन आग्रह
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले इलामका व्यवसायी प्रेम प्रसाद आचार्यको आत्मदाह र विराटनगरका व्यवसायी मोहन प्रसाद न्यौपानेको आत्महत्याको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
उनीहरुले आत्महत्या र आत्मदाह गर्नुमा बैंकको ब्याज र देशको आर्थिक अवस्था भयावह हुनु प्रमुख कारण रहेको भन्दै उद्योग वाणिज्य महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकालले आज एक विज्ञप्ति जारी गर्दै दुईदिन अघि सूर्योदय, इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्दै सामाजिक सन्जालमा पोष्ट गरेका यथार्थ वेदनाबाट समेत अहिले व्यवसायको अवस्था के रहेछ भन्ने खुलस्त देखिएको बताएका हुन् । यसैगरी विराटनगरका इलेक्ट्रीक व्यवसायी मोहन न्यौपानेले पनि सुसाइड नोटमा बैंक ब्याजका कारण देखाई आत्महत्या गरेको घटनाले उद्योगीले भोग्नु परेको समस्या उजागर भएको विज्ञप्तिमा उल्लेख छ ।
‘देशमा प्रेमप्रसाद आचार्य, मोहन न्यौपाने जस्ता कैयन व्यवसायीहरु पिडामा छन् र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न । सरकारको नीतिकै कारण आज व्यवसायीहरुले अनेकौं समस्याहरु झेल्दै आएको हामीले महसूस गरेका छौंं,’ विज्ञप्तिमा उल्लेख छ, ‘अतः व्यवसायीहरुलाई आफ्नो कारोवार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहरिन नदिन नेपाल सरकार लगायत सम्वन्धित निकायमा अनुरोध गर्दछौं ।’
विज्ञप्तिमा सरकारको नीति, बैंक तथा वित्तिय संस्थाको कर्जा तथा बैंक व्याज लगायत सम्वन्धमा आफ्नो क्षेत्रबाट समेत आवाज उठाउन प्रदेश नं. १ मा रहेका सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघमा अनुरोध पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण