गण्डकीका मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन–पुँजीगत खर्च बढाएर चालु खर्च घटाउनु
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सचिवहरुलाई पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने निर्देशन निर्देशन दिएका छन् । बिहीबार मुख्यमन्त्री अधिकारीले सचिवहरुको बैठक बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
गण्डकी प्रदेशको चालु आर्थिक वर्षको कुल बजेट ३५ अर्ब ९० करोड ९० लाख छ । चालु आर्थिक वर्षका ६ महिनामा १६।६२ प्रतिशत मात्र बजेट खर्च भएको छ । यसमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन भएको छ । त्यसमध्ये चालुतर्फ २१।९२ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ १३।८२ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ हालसम्म खर्च भएको छैन । आगामी दिनमा पुँजीगत खर्च घटाउन मुख्यमन्त्री अधिकारीले निर्देशन दिएका हुन् ।
‘वित्तीय सुशासन र विकासको अनिवार्य शर्त हुन् । यस सवालमा अनावश्यक चालु खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नुस्,’ मुख्यमन्त्री अधिकारीको निर्देशन छ ।
प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न उनले सुझाएका छन् । आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फर्छ्यौट गरेर नयाँ बेरुजु हुन नदिने पहल गर्न पनि अधिकारीले सचिवहरुलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण