मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका सन्दर्भमा उद्योग संगठन मोरङको ३६ बुँदे सुझाव (पूर्णपाठसहित)
विराटनगर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागी राय सुझाव माग गरे बमोजिम उद्योग संगठन मोरङले ३६ वटा बुँदामा उद्योग व्यवसायका सुझावहरु पेश गरेको छ । नेपाल राष्ट्र बैक, आर्थिक अनुसन्धान विभागलाई शुक्रबार एक पत्र लेख्दै संगठनले यस्तो सुझाव पठाएको हो ।
संगठनले यसअघि मौद्रिक नीति तयारीका बेला एवम् विभिन्न समयमा औद्योगिक क्षेत्रलाई सहजता पुग्ने नीति अख्तियार गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको थियो । ब्याजदरमा भएको निरन्तर वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको अत्याधिक मूल्य वृद्धि, बढ्दो आयात, वैदेशिक व्यापार असन्तुलन जस्ता कारणहरुले गर्दा वित्तिय समस्याहरु कायमै रहेको संगठनले बताएको छ ।
त्यसैगरी चालूपँजी कर्जा निर्देशन मार्फत चालू पूँजीमा गरिएको कडाई, बजारमा देखा परेको मन्दीका कारण बजार चलायमान भइनसकेको तथा नीजि क्षेत्रले अनुमानयोग्य वित्तिय नीति एवं स्थिरता कायम गर्न गरिरहेको पैरवीका पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षा गरेको छ । वित्तिय असन्तुलनको अवस्था तत्कालै अन्त्य हुने संकेत नदेखिएको पृष्ठभूमिमा हुन लागेको समीक्षाले स्वदेशी उद्योग, निर्यातमुलक उद्योग तथा समग्र उत्पादनशिल क्षेत्रलाई चलायमान बनाउँदै वित्तिय सन्तुलन कायम हुने गरि ठोस नीतिगत व्यवस्था गर्न उद्योग संगठनले सुझाव प्रस्तुत गरेको जनाएको छ ।
उद्योग संगठनले दिएका ३६ सुझावहरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?